लामिछाने र मल्लसहित पाँच खेलाडी ‘ए’ ग्रेडमा

.

काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले कप्तान सन्दीप लामिछाने, पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरीसहित ५ खेलाडीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा ग्रेड ‘ए’ मा अनुबन्ध गरेको छ ।

 

क्यानको रुपन्द्रेहीमा हिजो बसेको बैठकले लामिछाने, मल्ल, ऐरी, सोमपाल कामी र करण केसीलाई ग्रेड ‘ए’ मा अनुबन्ध गर्ने निर्णय गरेको हो ।

 

त्यस्तै ग्रेड ‘बी’ मा कुशल भुर्तेल, आसिफ सेख, शरद भेषवाकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी रहेका छन् ।

 

त्यसैगरी ग्रेड ‘सी’ मा कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन् ।

 

क्यानले मल्ल, ऐरी, कामी र कमल सिंहलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा नराख्ने यसअघिको निर्णय फिर्ता लिएको छ । ओमान भ्रमणमा रहेका तर अनुबन्ध नरहेका खेलाडी विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

 

महिलातर्फ ग्रेड ‘ए’ मा कप्तान रुविना छेत्री, सीता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी, ग्रेड ‘बी’ मा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहेका छन्। त्यसैगरी ग्रेड ‘सी’ मा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेका छन् ।

 

महिला खेलाडी ज्योति पाण्डेलाई ५० हजार रुपैयाँ प्रदान गर्ने र क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चका लागि एक लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै क्यानले आउँदो फागुन १३ र १४ मा धनगढीमा वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरेको छ ।

 

विज्ञप्ति :