काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव दर्ता भएको विषय अदालतमा राजनीतिक दबाब, प्रभाव, हस्तक्षेप र भागवण्डाको विगतको क्रियाकलापको दुष्परिणाम भएको निष्कर्ष निकालेको छ ।
मंगलबार बसेको राप्रपाको बैठकले महाअभियोग न्याय क्षेत्रमा रहेको हालको विकृति विसंगतिको समाधान नभएको र यसको मुल दोष प्रणालीमा रहेको निष्कर्ष निकालेको छ ।
प्रणालीमा आमूल सुधार नभएसम्म यस्तो अवस्था आइरहने भएकाले राप्रपा महाअभियोगको खेलमा समावेश नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
न्युज कारखाना