काठमाडौं -नेपालका खेलाडी साथै स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलमा अध्ययनरत तेन्जीन नामडोल रायन गुरुङ्गले भारतको नयाँ दिल्लीमा भएको बिम्स्टेक युथ वाटर स्पोर्ट्समा पदक प्राप्त गर्न सफल भएका छन् । च्याम्पियनसिपको अन्तिम दिन २०० मिटर ब्याकस्ट्रोकमा गुरुङ्गले कास्य पदक जितेका हुन् ।
तेन्जिनले यस वाटर स्पोर्ट्समा ५० मिटर ब्याक २९.७७ सेकेण्ड, १०० मिटर ब्याक १.०३.४३ सेकेण्ड, २०० मिटर ब्याक २.२१.१६ सेकेण्ड, २०० मिटर फ्लाई २.२७.६७ सेकेण्ड साथै ४x१०० म्यान फ्रीस्टायल रिले र ४x१०० म्यान फ्रीस्टायल मेड्ली रिले गरी ६ विधामा राष्ट्रिय किर्तिमान बनाएका थिए ।