इटालीको सार्वजनिक ऋण २०२३ को अन्त्यमा २.८६ ट्रिलियन युरो (३.०८ ट्रिलियन अमेरिकी डलर) पुगेको छ । जुन एक वर्ष अघिको स्तरको तुलनामा १०५ अर्ब युरोले बढेको बैंक अफ इटालीले जनाएको छ । गत वर्षको अन्त्यमा इटालीको ऋण कुल गार्हस्थ्य उत्पादनको १४० प्रतिशत बराबर हुने अनुमान गरिएको थियो । जुन सन् २०२२ को अन्त्यमा कुल गार्हस्थ्य उत्पादनको १४१.७ प्रतिशतको ऋण स्तरबाट घटेको बैंकले जनाएको छ । यो वृद्धिको सबैभन्दा ठूलो हिस्सा सार्वजनिक प्रशासनमा खर्च गरिएको र ८९ अर्ब युरोबाट आएको हो बताइएको छ । युरोपेली आयोगले यस वर्ष इटालियन आर्थिक वृद्धिको लागि आफ्नो अनुमानलाई ०.७ प्रतिशतमा डाउनग्रेड गरेको छ । जुन अघिल्लो ०.९ प्रतिशत थियो । इटालीको लागि २०२५ को लागि यसको वृद्धि पूर्वानुमान १.२ प्रतिशत छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
इटालीको सार्वजनिक ऋण २०२३ मा २.८६ ट्रिलियन युरो पुग्यो