नेकपा एमालेका सांसद रघुजी पन्तले बिमस्टेकसँगै सार्कलाई पनि अघि बढाउन जरुरी रहेको बताउनुभएको छ ।
सोमवारको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रश्तुत गर्नुभएको विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बिमस्टेकमा बंगलादेश, भारत, भूटान, थाइल्याण्ड, म्यान्मार, श्रीलंका र नेपाल सदस्य रहेको र सार्कमा सदस्य रहेको पाकिस्तानलाई एक्लै बनाएर सार्कलाई निस्तेज पार्ने र बिमस्टेक अघि बढाउने चाहना भारतको रहेको भन्दै नेपालले सार्कलाई अघि बढाउन प्रभावकारी भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले नेपालले बिमस्टेकबाट लिएका फाइदाहरु संसदमा प्रश्तुत गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सन् १९९७ मा स्थपना भएको बिमस्टेक ढिलो गरी अघि बढिरहेको छ । हामी त्यसको बिमस्टेक चार्टड अर्थात बिमस्टेक वडापत्रलाई आज यहाँ छलफल गरिरहेका छौँ । बंगलादेश, भारत, भूटान, थाइल्याण्ड, म्यान्मार, श्रीलंका र नेपाल यसका सदस्यहरु हुन् । तर यसबाट नेपालले उठाउन सक्ने जति फाइदा उठाउन सकिरहेको छैन । अहिलेसम्म सदस्य भएदेखि यता नेपालले बिमस्टेकबाट केके फाइदाहरु लियो भन्नेकुरा त्यसको फेहरिस्त पनि बिमस्टेक चार्टडसँगै परराष्ट्र मन्त्रालयले प्रश्तुत गरेको भए संसदलाई राम्रो जानकारी हुनसक्थ्यो । हामीले भविष्यलाई ध्यानमा राखेर आर्थिक, सामाजिक अग्रगति, साझा हित, प्रगति र पारस्परिक सहयोगको प्रवद्र्धन लगायतका विषयमा अझै ठोस उपलब्धि हासिल गर्न यो संस्थाबाट मौका हासिल गर्नसक्छौँ । नेपालको सन्धी ऐनको दफा १० अनुसार नेपाल सरकारले गरेका सबै सन्धीहरु यो संसदमा प्रश्तुत हुनुपर्दथ्यो तर नेपाल सरकारले त्यसरी प्रश्तुत गरेका सन्धीहरु एक महिनामा प्रश्तुत गर्नुपर्नेमा कतिपय सन्धीहरु अहिलेसम्म संसदमा प्रश्तुत भएका छैनन् । त्यो संसदमा प्रश्तुत हुनुपर्छ । बिमस्टेकलाई अघि बढाउँदा के ध्यान राख्नुपर्छ भने सार्कलाई पनि अघि बढाउनुपर्छ । पाकिस्तान बिमस्टेकमा नहुँदा भारतको चाहना सार्क रोकेर बिमस्ेटक अघि बढाउनुपर्दथ्यो । हामीले प्रभावकारी भुमिका खेल्नुपर्छ ।’
उहाँले भविष्यलाई ध्यानमा राखेर बिमस्टैकबाट आर्थिक, सामाजिक अग्रगति, साझा हित, प्रगति र पारस्परिक सहयोगको प्रवद्र्धन लगायतका विषयमा अझै ठोस उपलब्धि हासिल गर्न सकिने बताउनु भयो । —न्युज एजेन्सी नेपाल