अर्धवार्षिक समिक्षा गर्दा १० प्रतिशत बजेट र राजश्व घटाउनुपर्ने गरी बजेट ल्याउनु हुँदैनः पूर्वअर्थमन्त्री खतिवडा

.

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्धवार्षिक समिक्षामा १० प्रतिशत बजेट र राजश्व घटाउनुपर्ने बजेट नल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिनुभएको छ ।

आईतवार नेपाल व्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा बोल्दै डा.खतिवडाले यस्तो सुझाव दिनुभएको हो । उहाँले बजेटको साख जोगाउने गरी अनुमानयोग्य र विश्वनीय अनुमान गरी बजेट ल्याउन आवश्यक रहेको बताउनु भयो । पूर्वअर्थमन्त्री खतिवडाले समष्टिगत आर्थिक परिसूचकलाई बढी अनुमान गरी त्यसको आधारमा बजेट नबनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले यदि त्यो स्थिति आउँछ भने संसदमा पूरक बजेट पेश गरेर मात्रै लागू गर्नुपर्ने बताउनु भयो । उहाँले संसदले पास गरेको विनियोजन ऐन,संसदले पास गरेको बजेटका आधारमा तय भएका राजश्वलाई ठूलो अनुपातमा घटाउँदै जाँदा कानूनको पद्धति,सरकार बजेटको सम्बन्ध र जनताको सामु बजेटको सार गिर्ने बताउनु भयो । बजेटको सार र साँख नगिर्ने गरी यथार्थपरक बजेट निर्माण गर्नुपर्ने उहाँको सुझाव थियो । उहाँले बजेट अनुमान गर्दा चालु वर्षको आधारलाई यर्थाथ परक बनाउन नसके गत वर्षकै जस्तो हुने बताउनु भयो । उहाँले गत वर्ष राजश्वलाई बजेटको आधार बनाउँदा अहिले अर्थमन्त्रीलाई समस्या भएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘बजेटको साँख नगिराऔं । अनुमानयोग्य कुराहरुलाई मात्रै अनुमान राखौं । विश्वनीय कुरा मात्रै राखौं । यस्ता समिष्टगत आर्थिक परिसूचकलाई बढी अनुमान गरेर त्यसको आधारमा बजेट नबनाऔं । अर्धवार्षिक समिक्षामा १० प्रतिशत भन्दा बढीका हिसाबले कटौती गर्नु वा राजश्व घटाउनुपर्ने स्थितिमा नजाऔं । यदि त्यो स्थिति आउँछ भने संसदमा पूरक बजेट पेश गरेर मात्रै लागू गरौं । संसदले पास गरेको विनियोजन ऐन, संसदले पास गरेको बजेटका आधारमा तय भएका राजश्वलाई हामीले बीचमा ठूलो अनुपातमा घटाउँदै गयौं भने कानूनको पद्धति,सरकार बजेटको सम्बन्ध र जनताको सामु बजेटको सार गिर्छ । त्यो सार नगिराउनको लागि यथार्थपरक बजेट निर्माण गरौं । अंशहरुले अर्थाथ पूरक अनुमान गरौं । अनुमान गर्दा चालु वर्षको आधारलाई यथार्थ परक बनाऔं । यो नगर्ने हो गत वर्षको जस्तो बजेट हुन्छ । राजश्व बढ्दैन भन्ने थाहा हुँदा हुँदै लक्ष्य १४२२ पु¥याउनै प¥यो त्यो कारणले बढाई दिउ भनेर वेस नै इन्फेण्ड गरेर सबै राजश्वको आधार बनाएकाले अहिलेका अर्थमन्त्रीलाई ठाउँको दुखाई भयो । यस्तो नहोस् । बजेटको आधार बलियो बनाऔं । जग राम्रो नभएको घर राम्रो बन्दैन । बजेट पनि राम्रो बनाउन सकिन भने भोलि ढल्न सक्छ ।’

उहाँले बजेटको आधार बलियो बनाउन सकिन भने बजेट पनि ढल्नसक्ने दाबी गर्नुभयो । —न्युज एजेन्सी नेपाल