जिवनमा सुखीखुशी जोकोहीको अभिलाषा हो।ढङ्ग बिधि पद्धति नमिल्दा नजान्दा उही लङ्कामा सुनछ कानमेरो बुच्चै मात्र हो सफलता।कुन्ता सफल मान्छे होर म, तर स्कुल पछाडि याकचुरोटको बट्टाबाट बढो ठॉटसँग चुरोट झिकेर चुरोट पिएर लहै धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने गुरुको चेलो न हु म।फेरि गुरू उपदेश नमान्दा उही बिद्यानष्ट उखान मै माथी बजारिएत जिवन खतम आभुई१ होइन यसो गाउँघर अझभनौ शहरमा मान्छे बढो सजिलै सुकिलो मुकीलो हॅसीलो एवम् रसिलो सँग मख्ख पर्दै गोजिमा हात राखेर पुरै सफलझै पो हिड्छन् गाडीमा ।लाग्छ मलाई जिजीबा बाको कमाईको प्रयोग हो।तर सबैतिर सत्य त कहाँ हुन्छ र मेरो सोच कोहीकोहीत आफ्नै बलबुताले
पनी गाडी चढेका हुँदा रहेछन् ।
उहिले किताबमा कथा जीवनी धेरै पढिन्थ्यो सुनिन्थ्यो आखिर जिवन यती जाबो दुईचार कुरा गरेत सफलै सफल हुनेपो रहेछ भनेर दुबई टावरमा बिएमडब्लु चढेर डेटिङ गाको फगत कल्पना गरेर मनको घीउसॅग लड्डु मात्र नभएर पेडासमेत खान भ्याउथ्ये म।अनी सजिलो छैन त सफल बन्न रुअह१छदै छैन।सफल सुन्नु र हुनुमा आकाश जमिनको फरक छ। रत्नाकर डॉकु वाल्मीकि त्यसै भएनन् ।महामुर्ख कालिदास बिद्वान ख्यालख्याले भएका होइनन्।त्यस्तै अल्बर्ट आईस्ट्यान कहाँ महान बैज्ञानिक भएका हुन् र।यसको राज सफलताभित्रको कठोर संघर्ष पक्कै हो।नभए आईस्ट्यानको पालामा कयौ अरु बैज्ञानिक आईस्ट्यान जस्तै सफल बन्थे ।सफलता केवल टन्न धनाढ्य बन्नुमात्र होईन ।
खानलाई पनी धौधौ पर्ने गरिब परिवारमा जन्मेका लिङ्कन अमेरिकी अश्वेत राष्ट्रपति बन्नुको पछाडि अथक प्रयास, मेहनत र निरन्तरतानै हो ।जुन सफलताको बेग्लै स्वाद र आनन्द छ।बेग्लै स्वाद भन्नुको अर्थ जिवन पर्यन्त पनी आज हामी कसैको जीवनी पढ्छौ अनी जिवन सार्थक बन्नु हो।जो मरेर पनी सम्झना भैरहन्छ।जसरी एउटा घर निर्माणका लागि एक एक ईट्टा मिलेको हुन्छ त्यस्तै जिवन सफल हुन धैर्यता, लगनशीलता ,मिहिनेत र जस्तोसुकै विषम परिस्थितिमा पनी निरन्तरता आफ्नो लक्ष्यमा पुग्न हुनुपर्ने रहेछ।जो विश्व प्रसिद्ध फुटबलर पेले ,मेस्सी ,रोनाल्डो र नेमार को जिवनलाई बुझ्न सकिन्छ ।अझ पेलेको जिवन र रोनाल्डोको जिवन त झनै कष्टकर छ साधारण मोझाको बलबाट यात्रा तय गरेकोमा आज सुनको बल र जुत्ता हात पर्यो त्यसमा पनि झन् नामको सफलता साच्चै प्रेरणादायी छ।जिवन फेरी परिक्षा नै परिक्षाको चक्र हो भन्दा फरक नपर्ला जुन चक्र सुदर्शन चक्रझै बनाउन सफल व्यवसायी एवम् विश्व धनाढ्य एलन मसको अनेकौ परिक्षाको निरन्तरता पछी आज अन्तरिक्षको भ्रमण टिकट काट्ने सम्मको यात्रालाई बुझ्न सकिन्छ।
त्यस्तै सामाजिक एवम् मनोबैज्ञानिक विशेषता पनी सफलताको धोतक हो जस्तो लाग्छ। सधै असहाय एवम् द्वन्द्व पीडितको सेवामा निरन्तर फ्लोरेन्स नाईन्टेगल को सफलता यसैको उदाहरण हो।जो सदा मानवसेवाले विश्व चर्चित रहे।
जहाँ जसरी घुमाएपनी गाँठो एउटै भनेझै सफलता भित्र कहिन कही मेहनत ,धैर्यता,लगनशीलता ,निरन्तरता एवम् मानविय सेवा युक्त सिम्पल लिभिङ नै प्रमुख तत्व हुन्।जिवन सुनेजस्तो न देखेजस्तो हुनेगर्छ जीवन बुझ्न र बुझाउन निकै कठिन छ र मेसो मिल्दा सरल र सहज छ ।जिवन जिउनुमात्र जिवनको सार्थकता नभएर अरूको सेवा एवम् सामाजिक उत्तरदायित्व बहन गर्नुनै जिवन ज्युनु र सफलता पाउनु हो ।मरीजाने जिवन त्यतिखेर अजरअमर हुन्छ जतिखेर जिवन सफल एवम् परोपकारी बनेको छ।यो नै सच्चा जिवन भित्रको सङ्घर्ष हो।
लेखक:हरी प्रसाद खतिवडा
उनी पर्यटन क्षेत्रमा सक्रिय छन ।