इन्जिनियरको आवाज सम्बोधन गर्ने नेतृत्व छानौँ

.

ई. सरोज धिताल
उप–महासचिव पदका उम्मेदवार

लोकतान्त्रिक समूह नेतृत्वको ३१ औं कार्यसमितिबाट भएका गतिविधिहरू नेपाल इन्जिनियर्स एसोसिएसनका लागि निकै उपलब्धिमूलक सावित भएका थिए । सोहीबमोजिम वामपन्थी नेतृत्वको ३२ औं कार्यसमितिबाट पनि समग्र इन्जिनियरको हकहितका लागि प्रत्यक्ष महसुस गर्न सकिने गरी योजनाबद्ध रूपमा काम हुनेमा इन्जिनियर विश्वस्त थिए । विगतका उपलब्धिको रक्षा गर्दै परिस्थितिवश अप्रत्याशित रूपमा विश्वभर देखापरेको कोभिड–१९ बाट प्रताडित इन्जिनियरको हकहितका लागि थुप्रै काम गर्नुपर्ने दायित्वसमेत उक्त कार्यसमितिको काँधमा आइपरेको थियो ।

 

यद्यपि कठिन परिस्थितिमा समग्र इन्जिनियरको चाहनाबमोजिमका आवश्यकता पूरा गर्ने कार्यमा प्रा.डा. त्रिरत्न वज्राचार्य नेतृत्वको ३२ औं कार्यसमिति सफल देखिएन । उक्त नेतृत्वप्रति नेपाल इन्जिनियर्स एसोसिएसनमा आबद्ध इन्जिनियरका आकांक्षा एवं निर्वाचनको समय घोषणापत्रमा उल्लेख गरिएबमोजिमका योजना सफल हुन सकेको देखिँदैन ।

 

नेपाल इन्जिनियर्स एसोसिएसन समग्र इन्जिनियरका लागि काम गर्ने उद्देश्यले स्थापना भएको इतिहास बोकेको संस्था हो । संस्थामा संलग्न इन्जिनियर सरकारी सेवा, निजी व्यवसायमा जागिरेको रूपमा संलग्न, आफैंले कुनै व्यवसाय सञ्चालन गरेका, उत्पादनमूलक एवं सेवा व्यवसायमा संलग्नलगायत विभिन्न किसिमका छन् । सबै प्रकारका इन्जिनियरका आ–आफ्नै समस्या छन् ।
कोभिड–१९ ले निम्त्याएको संकटले अन्य क्षेत्रजस्तै इन्जिनियरिङ क्षेत्रमा पनि ठूलो क्षति पु¥यायो । यसको सबैभन्दा बढी मार भर्खर औपचारिक शिक्षा पूरा गरेर रोजगारीमा जोडिएका इन्जिनियरलाई प¥यो । जटिल परिस्थितिमा ठूलो संख्यामा इन्जिनियर बेरोजगार हुनुपर्ने अवस्था सिर्जना भयो ।

एसोसिएसनको आवश्यकता

 

जतिबेला मुलुकमा अकल्पनीय संकट आउँछन्, ठीक त्यही बेला नै यस्ता व्यावसायिक संघ–संस्थाको आवश्यकता देखिने गर्छ । एसोसिएसनको ३० औं कार्यसमितिले नेतृत्व गरिरहेको समय पनि भूकम्पका कारण ठूलो क्षति बेहोर्नुपरेको थियो । यद्यपि त्यतिबेला एसोसिएसनको नेतृत्व लिइरहनुभएका ई. ध्रुव थापा नेतृत्वको टिमले सरोकारवाला संस्थासँग सहकार्य गर्दै देशभरबाट करिब ३ हजार इन्जिनियर परिचालन गरेर अल्पकालीन रूपमा भूकम्पले क्षति पु¥याएका पीडितका तत्कालीन आवश्यकता पूरा गर्ने एवं दीर्घकालीन रूपमा व्यावसायिक प्रवद्र्धन र पुनर्निर्माणलगायतमा महत्वपूर्ण भूमिका निर्वाह गरिएको थियो । यद्यपि प्रा.डा. त्रिरत्न वज्राचार्य नेतृत्वको टिमले कोभिड–१९ बाट प्रताडित अर्थतन्त्रलाई पुनर्जीवन दिन र सदस्यलाई राहत उपलब्ध गराउन अपेक्षाकृत भूमिका खेल्न नसकेकामा अधिकांश सदस्य इन्जिनियर पीडा महसुस गरिरहेका छन् ।

 

जतिबेला संस्था सशक्त रूपमा क्रियाशील हुनुपर्छ, ठीक त्यही समय संस्था पूर्णतया मौन रहनु विडम्बनापूर्ण हो भन्ने आवाज कोभिड–१९ सुरुआत र लकडाउनपछि सदस्यहरूको रहँदै आएको छ ।

एसोसिएसनप्रति सदस्यहरूका अपेक्षा के थिए ?

 

एसोसिएसनप्रति इन्जिनियरिङ क्षेत्रका नवप्रवेशीले आफूहरूको रोजगारी सुनिश्चित गर्न पहल गर्ने, विभिन्न व्यवसायमा संलग्न इन्जिनियरले सहुलियत दरमा कर्जा प्राप्त गर्ने, ठूला व्यवसायी एवं शैक्षिक संस्था सञ्चालकले आफ्नो व्यवसाय उत्थानका लागि पहल हुनेमा आशावादी थिए । यद्यपि एसोसिएसनबाट कुनै कदम नचालिँदा इन्जिनियरहरू निराश हुनुलाई अस्वाभाविक मान्न सकिँदैन ।

 

एसोसिएसन नेतृत्वप्रति असन्तुष्टि बढ्नुका अन्य कारण
इन्जिनियरको साझा संस्था नेपाल इन्जिनियर्स एसोसिएसन नेतृत्वका लागि उम्मेदवारी दिने समय आफैंले घोषणा गरेका कुरा पूरा गर्न नसक्नु र विषम परिस्थितिमा सदस्य इन्जिनियरका लागि पहल गर्न नसक्नु नै एसोसिएसन नेतृत्वप्रति असन्तुष्टि बढ्नुको मुख्य कारण हो । यसले गर्दा संस्थामा तालाबन्दी गर्नुपर्ने अवस्थासम्म अहिलेको कार्यसमितिमा सिर्जना भएको छ, जुन अत्यन्तै खेदजनक विषय हो ।

 

संस्थामा तालाबन्दी गरिनुमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा संलग्न इन्जिनियर विभिन्न मागसहित आन्दोलन गरिरहेकामा उहाँहरूको पक्षमा सम्बोधन गर्ने कार्यमा एसोसिएसनले खासै चासो देखाउन सकेन । साथै, विगतका नेतृत्वमा जसरी राजनीतिक आस्थालाई भन्दा पनि व्यावसायिक हकहितलाई विशेष महत्व दिनुपर्नेमा त्यसो नभई सत्ता पक्षसँगको निकटतालाई बढी महत्व दिँदा एसोसिएसनको ध्यान इन्जिनियरको हकहितमा भन्दा बढी राजनीतितर्फ केन्द्रित भएको देखिन्छ ।

३२औं कार्यसमितिका अन्य कमजोरी

अनलाइन सदस्यताः
अनलाइन सदस्यता प्रणाली व्यवस्थित गर्ने कामलाई राम्रोसँग सञ्चालन गर्ने कार्यमा ३२औं कार्यसमिति सफल देखिँदैन । अघिल्लो कार्यसमितबाटै बनिसकेको प्रणालीमा थप सुधार ल्याउन नसके पनि त्यसलाई निरन्तरता दिन सकिएको भए अनलाइनमार्फत नै सदस्यता आवेदन दिने इन्जिनियरको संख्यामा उल्लेख्य वृद्धि हुन सक्ने थियो ।

संस्थागत सुशासन अभाव

 

३२औं कार्यसमितिमा संस्थागत अनुभव अभाव एवं जिम्मेवारीबोधको समेत कमी रहेको इन्जिनियरिङ समुदायले महसुस गरेको छ । यसअन्तर्गत आर्थिक व्यवस्थापनमा कमी–कमजोरी देखिँदा यसको विवाद बाहिरसम्मै छरपस्ट हुनु पनि एक हो ।

अस्पष्ट निर्णय

नेतृत्वको स्थानीय र प्रादेशिक संरचना सम्बन्धमा पनि स्पष्ट धारणा ल्याउन सकेन । यसले गर्दा ठूलो समस्या सिर्जना भयो । यसका अलावा वर्र्षौदेखि प्रस्ताव हुँदै आएको स्टाफ कलेज निर्माणका लागि एसोसिएसनले नीतिगत हस्तक्षेत्र गर्नुपर्नेमा त्यसो हुन सकेन ।

इन्जिनियरको मनोबल बढाउन पहल नहुनु

 

स्थानीय तहमा कार्यरत इन्जिनियरको मनोबल उच्च बनाउन एसोसिएसनले पहल गर्न आवश्यक थियो । इन्जिनियरको भर्टिकल ग्रोथका लागि एसोसिएसनले जुन रूपमा आफ्ना गतिविधि अघि बढाउनुपथ्र्यो, अहिलेसम्म एसोसिएसन मौन रहँदै आएको छ ।

 

करारमा रहने इन्जिनियरको समस्यामा पहल
इलेक्ट्रोनिक्स तथा कम्प्युटर क्षेत्रमा काम गर्ने र करारमा काम गर्नुपर्ने इन्जिनियरले पनि विभिन्न पीडा खेप्दै आएका छन् । करारमा काम गर्ने इन्जिनियरले निजी क्षेत्रको काम गर्न नपाउने अवस्था सम्बन्धमा पनि एसोसिएसनले पहल गर्न आवश्यक छ ।

 

अनलाइन सदस्यता प्रणालीको महत्व
३१औं कार्यसमितिमा करिब ११ हजार सदस्य इन्जिनियर थपिएको एसोसिएसनमा ३२औं कार्यसमितिमा अनलाइनबाट आवेदन दिई शुल्क बुझाएर सदस्य बन्न इच्छुक इन्जिनियर धेरै संख्यामा थिए । यद्यपि प्रणाली सदस्यता प्रणाली प्रभावकारी बन्न नसक्दा सदस्यता विस्तारमा ठूलो प्रगति हुन सकेको देखिँदैन ।

 

हालसम्मको तथ्यांकलाई हेर्दा अहिलेसम्म नेपाल इन्जिनियरिङ काउन्सिलमा करिब ६२ हजार इन्जिनियर सदस्य रहेकामा एसोसिएसनमा सदस्यता लिने इन्जिनियरको संख्या तुलनात्मक रूपमा निकै कम छ । यसलाई बढाउन अनलाइनमा आधारित स्वचालित प्रणाली विकास गर्नुको विकल्प छैन ।

नयाँ कार्यसमितिले एसोसिएसनमा निर्वाह गर्नुपर्ने दायित्व

१. नेपाल इन्जिनियर्स एसोसिएसनका गतिविधिलाई व्यवस्थित, पारदर्शी र चलायमान बनाउन उपयुक्त प्रणाली विकास गर्ने ।
२. अग्रजको सम्मान र नयाँ इन्जिनियरलाई मार्गनिर्देशन गर्दै तटस्थ संस्थाको रूपमा नेपाल इन्जिनियर्स एसोसिएसनलाई स्थापित गर्ने ।
३ . विभिन्न संकायअन्तर्गत नयाँ इन्जिनियरलाई निरन्तर तालिम केन्द्र (म्भउबचतmभलत या ऋयलतष्लगभ त्चबष्लष्लन ऋभलतभच) स्थापना गर्नेे ।
४. अनलाइन डाटावेश र सदस्यलाई प्रभावकारी बनाउने
५. नेपाल इन्जिनियर्स एसोसिएसनका आगामी निर्वाचन इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गराउन सुरुदेखि नै पहल गरी परिणामसमेत दिने ।
६. इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्ने विषयमा सुरुदेखि नै काम अघि बढाई परिणाम दिने ।
७. विभिन्न संकायअन्तर्गत निजी तथा सरकारी क्षेत्रमा संलग्न इन्जिनियरका समस्या पहिचान गरी सोहीबमोजिम समाधानका लागि पहल गर्ने ।
८. स्थानीय निकायमा कार्यरत इन्जिनियरको मनोबल उच्च राखी निरन्तर कार्यक्षेत्रमा खटिन सक्ने गरी प्रोत्साहित गर्ने ।
९. नीतिगत रूपमै इन्जिनियरको हस्तक्षेप हुन सक्ने व्यवस्था कार्यान्वयनका लागि नेपाल इन्जिनियर्स एसोसिएसनमार्फत पहल गर्ने ।
१०. टल्क प्रोग्रामलाई निरन्तरता दिई थप व्यवस्थित रूपमा इन्जिनियरिङ विषयवस्तुमा राष्ट्रिय स्तरको बहस पैरवी गर्ने ।
११. नवीनतम प्रविधिमार्फत व्यवसाय गरिरहेका पठाओ, टुटललगायत व्यवसायहरूको मुद्दालाई राष्ट्रिय रूपमा छलफलमा लगेर उपयुक्त नीतिगत व्यवस्था गर्न पहल गरी व्यवसायमा सहजीकरण गर्ने ।
१२. भ्यालुयसन सेक्टरमा आबद्ध इन्जिनियरका समस्या समाधानका लागि उचित पहल गर्ने ।
अन्त्यमा,
नेपाल इन्जिनियर्स एसोसिएसनको आगामी नेतृत्वले संस्थालाई विगतको गरिमा कायम गर्दै संस्थागत सुशासन एवं व्यावसायिक हकहितका निम्ति काम गर्नु जरुरी छ । यसका लागि निश्चित योजना, प्रतिबद्धता, सुशासन र पारदर्शिता कायम गर्न सक्ने व्यक्तिले संस्थाको नेतृत्व लिनु जरुरी हुन्छ । तब मात्र संस्थाको गरिमा कायम रहन सक्ने र सदस्यहरूको हकहितमा काम हुन सक्छ भन्नेमा सम्पूर्ण सदस्य इन्जिनियर चनाखो रहनुपर्छ ।
सोहीबमोजिम ‘अग्रजलाई सम्मान युवालाई मतदान’ को मूल नारासहित नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनको पर्खाइमा रहनुभएका सम्पूर्ण इन्जिनियरलाई डा. ई हरिबहादुर दर्लामी नेतृत्वको क्रियाशील समूहलाई मतदानको माध्यमबाट विजयी गराई ३२औं कार्यसमितिबाट पूरा हुन नसकेका अपेक्षा पूरा गर्ने कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण सदस्य इन्जिनियरलाई आग्रह गर्दछु ।