हामीले खोजेको परिवर्तन की रूपान्तरण ?

.

नेपाली राजनीतिको बेथिति यतिसम्म छ की यस्को कुनै मापननै गर्न सकिँदैन।हरेक चोक-चोकमा राजनीतिले जरैदेखि गाडेर बसेको छ ।राजनीति जहाँतही हुनु राम्रो हो तर यसको गलत प्रयोग हुनु आफैंमा बिडम्बना हो।

 

नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने राजनीतिक परिवर्तन धेरै भए । कहिले जहानिया राणा शासन त कहिले पञ्चायती व्यवस्था ।अहिले त राजनीतिको सर्वगुणसम्पन्न युक्त गणतान्त्रिक व्यवस्था ।सबै व्यवस्था परिवर्तन भए जो आफैमा राजनीतिको सबला पक्ष पक्कै हो।

 

खाली परिवर्तनको हुटहुटीले मात्र बिकासको प्रतिफल कहा अनुभुत गर्न पाईदो रहेछ र कथाकथित कु-संस्कार र संस्कृतिको आलमा हामी चुर्लुम्म डुबिदिदा परिवर्तन केवल हिस्स बुढी हरियो दाँत मात्र भइरहेको छ।कामकुरो एकातिर कुन्नि कुम्लो बोकी ठिमितिर झै हामी परिवर्तनको बोक्रे र खोप्रे भजन गाईराखेका मात्र छौ ,जसको गन्तव्य केवल हुनेखानेका लागि मात्र हो जो हुदाखाने लाटीले पापा हेरे झै मात्रै भैरहेका छन्।परिवर्तनका नाममा दैनिकजसो बढ्दो भ्रष्टाचार ,अनियमितता,राज्यको सम्पत्ति दोहन ,पहुँचवालाको हरेक क्षेत्रमा सेटिङ र बिकाउवाला राज्यका संयन्त्र भैदिदा हामी सर्वसाधारण केवल टिभी एवम् सामाजिक सञ्जालमा मात्र विकासे फिल्म हेरिरहेका छौ ।

 

राजनीतिको रूपान्तरण परिवर्तनको ठुल्दाई र प्रतक्ष अनुभव गर्ने विकासको धोतक हो ।खाली हजुरबाले भन्ने र गर्ने कुरामा मात्र चरित्रका कारण हामीपनी रूपान्तरण हुनै सकेका छैनौ।यस्तो अरे उस्तो अरे र गुणदोसको आधारमा हामी विश्लेषणनै गर्दैनौ जो हामीले त्यही सिक्यौ।जुनकुरा राजनीतिमा पनी हाबी हुन पुग्यो।चुनावी माहोलमा पनी खाली उमेद्वारको परिवर्तनको गफमा हामी मख्ख परिरहेका छौ ।दुस्मन खाली हाम्रो नजरमा खराब भयो भने एकदुई सरापका आधारमा धारेहात लगाउन तम्तयार हुन्छौ हामी।उ कति गुणीरदोषी छ तत्कालै पाक्ने मासु र भातमा भुसुक्कै बिर्सिन्छौ हामी ।

 

सरकारले फ्रिमा बाढ्ने सिटामोल र अस्थायी साधन कण्डम मेरो पावरले ल्याइदिन्छु र ल्याउने छु कुनै प्रतिनिधीले भन्ने बित्तिकै मख्ख पर्दै ताली पिट्छौ र भोट खसाल्छौ।प्रतिनिधी पहिला भन्दा कति रूपान्तरित भयो भन्ने कुरा हामी भुसुक्कै बिर्सिन्छौ।आफु आफ्नालाई बनाउने प्रपञ्चमा हामीलाई घुमाउन माहिर हुन्छन् प्रतिनिधिहरू ।त्यसैले जुनै व्यवस्था आएपनी हामी हाम्रो परिवेश खासै परिवर्तन भएन र अझैपनी हामी हाम्रो राजनिति रूपान्तरण भएनभने हामी जहाँकोतही हुनेछौ जो आउने पिडिका लागी पनी हानिकारक रहनेछ।हाम्रो राजनीति एवम् राज्यका

 

संयन्त्र रूपान्तरित हुन ढिलो भैसकेको छ ।विकसित देशका कतिपय मानिस अन्तरिक्षमा अत्याधुनिक यानमा भ्रमणको तयारी गरिरहदा हामी भने ट्याक्टरमै अल्झिरहेका छौ।मास्टरसाबले सिकाउने बुझाउने पढाईले घरमा गुन्द्रुक समेत पाक्दैन।खेतमा पानी समेत लगाउन जानिदैन।शिक्षा सबैभन्दा महत्वपूर्ण भैरहदा यस्मा समेत प्राक्टिकल एवम् रूपान्तरण हुनु अनिवार्य भैसकेको ।सत्ययुगमा पढ्ने शिक्षा शैली हामी आजसम्म अवलम्बन गर्दैछौ अनी कलियुगमा कसरी मिल्छ र रूपान्तरण हुने ।

 

हामी सम्पूर्ण नेपालीले चाहेको रूपान्तरण हामी स्वयम् रूपान्तरित भएर मात्र सम्भव छ।जुन कुरा गर्न हुदैन त्यसैलाई गर्न जोड गर्दा हामीलाई रूपान्तरणले हरपल गिज्याईरहेको छ।देशका हरेक संयन्त्र र त्यसमा संलग्न व्यक्तिहरू पनी रूपान्तरण हुन जरूरी छ तबमात्र हामी पनि अमेरिका ,दक्षिण कोरिया अष्ट्रेलिया नेपालमानै अनुभव गर्न सक्छौ।खाली परीवर्तनको झ्यालीमात्रै पिट्नेहामीहरू रूपान्तरण भएर समाज राज्यको हरेक क्षेत्रको विकासका लागि हातेमालो गर्ने की ?

 

परिवर्तन केवल कोरा ज्ञान हो भने रूपान्तरण प्राक्टिकल ज्ञान हो।
हामीले खोजेको परिवर्तन की रूपान्तरण ?

 

लेखक:हरी प्रसाद खतिवडा
उनी पर्यटन क्षेत्रमा सक्रिय छन ।