कवि : मिना परियार
केहि समय पहिला
म बलवान थिए ,
साहसी थिए् ,
हिम्मतको भन्डार थियो ।
शरीरमा जोस थियो
थकाइ नलाग्दासम्म काम गरिरहन्थे।
अचानक,
कोही आयो र निन्द्राको जरो उखेलेर गयो।
हातमा दुखको घडी जबरजस्ती
थमाएर गयो, अहिले,
म त्यही घडीरुपी समयको
दास हुँ , युद्धभुमिमा कमान्डरले गरेको
अन्तिम आस हुँ
पहिले म समयलाई दास
बनाइरहेको थिए
अहिले म समयको दास हुँ ।