बैशाख २९, काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित जितपुर माध्यमिक विद्यालयको परिसरभित्र आज बिहान धर्मराज अर्याल (श्रमिक)को “नारी उत्थानका उपायहरू” पुस्तकको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा विभिन्न गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय बौद्धिकहरू, शिक्षक, विद्यार्थी तथा समाजका गणमान्य नागरिकहरूको सहभागिता रहेको थियो । अन्त्यमा, धरहरा अभियन्ता ध्रुवप्रसाद गजुरेल, विदुर अर्याल, विष्णुप्रसाद अर्याल र उमाकान्त अर्यालको उपस्थितिमा कार्यक्रम समापन गरिएको थियो।
यसरी, नारी उत्थानलाई केन्द्रित गरी लेखिएको उक्त पुस्तकले समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस पुस्तकलाई धर्मराज अर्याल (श्रमिक)ले समाजमा नारीलाई परेको समस्यहरुलाई कन्द्रित गरेर लेखेको बताउनु भयो । हामीले धरै कुरा “नारी उत्थानका उपायहरू” धर्मराज अर्याल (श्रमिक)को लेखनमा रहेको किताबमा पढ्न समेत सक्छौ ।