नेपालमा हिमालयपार चलचित्र प्रदर्शनी शुरु भएको छ ।
आईतवारदेखि शुरु भएको प्रदर्शनी शुरु भएको हो । डिसेम्बर २१ सम्म सञ्चालन हुने प्रदर्शनी त्रिभूवन विश्वविद्यालय, काडमाडौं विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुनेछ । प्रदर्शनीमा नेपाली र चिनियाँ सिमावर्ती क्षेत्रका कथावस्तुमा निर्माण गरिएका चलचित्रहरु प्रदर्शन हुनेछन् । आईतवार विहान त्रिभूवन विश्वविद्यालयमा भएको प्रदर्शनीमा सहभागी अभिनेता बुद्धि तामाङले मौलिक कथामा चलचित्र बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सबैको आ–आफ्नै मौलिक कथा हुने उल्लेख गर्नुभयो । उहाँले नेपाली चलचित्र चीनमा र चीनको चलचित्रलाई नेपालमा देखाउनको लागि यो प्रदर्शनीले सहयोग गर्ने बताउनु भयो । चलचित्रले विभिन्न देशका प्रविधि, संस्कार र संस्कृति पनि जानकारी पाउन सकिने उहाँको भनाई छ ।
अभिनेता प्रदीप खड्काले हलिउड, बलिउड र चाईनिज फिल्म उद्योगको अवस्थामा पुग्न नेपाललाई धेरै समय लाग्ने बताउनु भयो । उहाँले चलचित्रमा जति लगानी गरेपनि, जुन प्रविधि प्रयोग गरेपनि त्यसले दिने मुख्यकुरा भनेको भावना भएको उल्लेख गर्नुभयो । उहाँले स्थानियस्तरको भावनासँग मेल खानेगरी चलचित्र निर्माण गर्नसकेमा त्यो सफल हुने बताउनु भयो । उहाँले नेपालबाट डिजिटल उत्पादन विदेश निर्यात गर्न सक्ने बताउनु भयो । त्यसमा चलचित्र क्षेत्रपनि हुनसक्ने उहाँको भनाई छ । नेपालको चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । नेपालमा मौलिक कथा, जनशक्ति, भुगोल, संस्कृति सबै भएको बताउनु भयो ।
प्रदर्शनीमा द स्पिरिट अफ द माउण्टेन, द लेजेन्ट अफ हेई २, सेतो सर्प, नयाँ देवताहरुः याङ जियान र पहाडको आत्मा चलचित्रको प्रदर्शन हुने आयोजकले जानकारी दिएको छ । आईतवार विहान त्रिभूवन विश्वविद्यालयमा द स्पिरिट अफ द माउण्टेन प्रदर्शन भएको थियो भने दिउँसो द लेजेन्ट अफ हेई २ प्रदर्शन हुँदैछ । प्रदर्शनीमा एआई प्रमोशनल छोटो फिल्म प्रदर्शन, ब्लाईन्ड बक्स अन्तक्रिया, विज्ञहरुसँग सिमान्त साझेदारी लगायतका कार्यक्रम पनि हुने जनाइएको छ । चीन–नेपाल कुटनीतिक सम्बन्ध विस्तार भएको ७० औं वर्षको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । – न्युज एजेन्सी नेपाल