नेपाल संवत ११४७ नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाइयो

.

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ को नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाएको छ ।
नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय विभूति शंखधर साख्वाःको शालिकमा माल्यार्पण गर्नुभयो । कार्यक्रममा शंखधर साख्वाःको योगदानको स्मरण गर्दै नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गरिएको थियो । नेपाल संवत् नेपालको मौलिक संवत् हो । राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका जनताको ऋणमोचन गरी नयाँ संवत् चलाएको जनविश्वास छ । –न्युज एजेन्सी नेपाल